काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।


ADVERTISEMENT


उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।