ललितपुर – ललितपुर जिल्ला प्रशासनले जिल्लाभित्रका सबै सेवा बन्द गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयले सूचना निकाल्दै आइतवारदेखि सार्वजनिक सेवा बन्द गर्ने बताएको हो ।


ADVERTISEMENT


जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफल गरी यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेत सँगको छलफल, परामर्श एवं निश्कर्षका आधारमा २०७७÷०७÷०२ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जारी सूचनामा भनिएको छ।

कोरोना संक्रमण बढ्दै गएका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेकाले उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।

यद्यपि, अत्यावश्यक सेवा भने खुला राखिने सूचनामा उल्लेख गरिएको छ ।