वीरगंज – प्रहरीले वीरगंजस्थित रेशमकोटीको श्रीगणेश एपार्टमेन्टबाट लुकाइ छिपाइ राखेको सुन र चाँदी बरामद गरेको छ ।


ADVERTISEMENT


प्रहरीले शनिवार २२ केजी ५ सय ७६ ग्राम सुन जस्तो देखिने बिस्कुट, करिब ६ सय ८१ ग्राम सुनको जस्तो देखिने विभिन्न गरगहनाहरु र करिब २ केजी २ सय ६२ ग्राम चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको उक्त फ्लैटमा तलासी गर्दा उक्त धातु फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।