काठमाडौँ – सरकारले कोरोना नियन्त्रणका लागि चैत दोस्रो सातादेखि गरेको बन्दाबन्दीयता बन्द रहेको पर्यटक आगमन खुला गरिएको छ ।


ADVERTISEMENT


सरकारले शनिवारदेखि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दै पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकका लागि आगमन खुला गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले यसरी आउने पर्यटकलाई ७ दिन होटेल क्वोरिन्ट अनिवार्य गरेको छ । व्यवसायीहरुले ७÷७ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने भएपछि एकदमै कम मात्र पर्यटक आउने बताउँदै बढीमा ३ दिन मात्र होटेल क्वारेन्टिनमा राखेर परीक्षण गरी घुम्न पठाउन पाउनुपर्ने माग सरकारसँग गर्दै आएका छन् ।

यस्ता शर्तका कारण आगमन खुला गरिएपनि पर्यटक आउने सम्भावना एकदमै कम भएको नेपाल होटल एशोसिएसन संघकी अध्यक्ष सृजना राणाले बताइन् । उनले भनिन्, ‘बढीमा ३ दिनमा होटल क्वारेन्टिनमा राखेर परीक्षण गरी घुम्न जान दिनुपर्छ ।’