काठमाडौँ – अब सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


चाडपर्व नजिकिएसँगै सार्वजनिक यातायातमा यात्रुको चाप हुने भन्दै यातायात व्यवस्था विभागले संक्रमणको जोखिम न्यनीकरणका लागि यात्रुका लागि ‘फेस सिल्ड’ अनिवार्य गरेको हो । यद्दपी ‘फेस सिल्ड’को व्यवस्था भने यात्रु आफैले गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT

# # #


विभागका अनुसार ‘फेस सिल्ड’ नलगाएका यात्रुले यात्रा गर्न पाउने छैनन् । सरकारले असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमता अनुसार पूरै यात्रु राख्न पाउर्ने नियम बनाएको थियो ।

यसअघि सार्वजनिक बसमा आधामात्रै यात्रु राख्न पाइन्थ्यो । भाडा दर ५० प्रतिशत वृद्धि गरिएको थियो । अब पूरै सिटमा यात्रु राख्ने भएकाले बढी भाडा नर्तिन विभागले यात्रुलाई अनुरोध गरेको छ ।