काठमाडौँ – फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ ।


ADVERTISEMENT


यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । कम्पनीकाअनुसार फोन पेबाट डिजिटल कारोबार गर्नेलाई लक्की ड्रमार्फत दैनिक एक लाख र बम्पर उपहारमा रु ५ लाखसम्म उपहार प्रदान गरिनेछ ।

डिजिटल कारोवार प्रोत्साहन गर्ने उदेश्यले फोन पेले यस्तो योजना सुरु गरेकोमा योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई समावेश नगरिने कम्पनीले जनाएको छ ।