काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको काम कोरोना संक्रमित गन्ने मात्र हो भनेर प्रश्न गरेका छन्।


ADVERTISEMENT


सरकारले पीसीआर जाँच, उपचार र शव व्यवस्थापन आफै गर्नुपर्ने बताएपछि कोरोना देखिएर आइसोलशनमा बसेका थापले सरकारलाई खुद्रा निर्णय गर्नुभन्दा केही गर्न नसक्ने एकैपटक भनिदिन आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #


नागरिक स्वयंले कोरोना उपचार गर्नुपर्ने सरकारको निर्णयको विरोध गर्दै उनले पटक पटक खुद्रा निर्णय गर्नुभन्दा संक्रमित र मृतकको संख्या गन्नबाहेक सरकारले केही गर्न नसक्ने निर्णय गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू ? यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।