काठमाडौं । बिश्वलाई नै सताईरहेको बिषयमा नबिल बैंकले तयार पारेको भिडियो भाईरल बनेको छ । डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्न संक्रमणको पीडा, वालबालिकाको चाहाना र मोवाइल बैकिङ सुविधाले दिएको खुशी समेटेर बैंकले तयार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।


ADVERTISEMENT


बैंकले दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन उक्त भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक भएको पहिलो दिनमै उक्त भिडियोले धेरैको मन जित्न सफल भयो ।


ADVERTISEMENT

# # #


व्यवसायिक प्रयोजनका लागि बनाइएको सो भिडियोमा रहेको चेतनामुलक सन्देश नै भाइरल भएपछि बैंकका आधिकारीहरु समेत दंग परेका छन् ।

सन्देशमूलक भिडियो कम बजेट र थोरै समयमा बनाइएको नबिल बैंकका ल्यायबिलिटी म्यानेजमेन्ट प्रमुख कृष्ण सुवेदीले बताए ।

‘हामीलाई यतिसम्म होला भन्ने लागेको थिएन । तर भिडियो भाइरल भइदियो । जुन भिडियोलाई लिएर अहिले सर्वसाधारणबाट राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । यसले हामीलाई थप उत्साहित बनाएको छ’ उनले भने ।

हेर्नुहोस् नबिल बैंकको भाईरल भिडियो : 

https://www.facebook.com/nabilbanklimited/videos/407009100701676/