बारा – प्रहरीले स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद गरेको छ ।


ADVERTISEMENT


सिम्रौनगढ ९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्ना आफूले बोकेको झोला छाडी फरार भएपश्चात झोला जाँच गर्ने क्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो ।


ADVERTISEMENT

# # #


बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।