काठमाडौँ – सरकारले दसैँ तिहारको बेलामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नठाड्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेकाले त्यसको नियन्त्रण र रोकथाममा जुट्नुपर्ने भएकाले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


दशैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वमा आवतजावत बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्रालयले जिल्ला नछोड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय अवलम्बन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।