काठमाडौँ – सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्ष व्यवस्था गरिएको छ ।


ADVERTISEMENT


चाडपर्व र कोरोना प्रतिकूल स्थितिलाई दृष्टिगत गरेर बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष राखिएको हो ।


ADVERTISEMENT

# # #


दसैं मनाउन उपत्यका छाड्ने यात्रु संख्या कम हुने अनुमान गरिए पनि जाने यात्रुहरूले टिकट बुकिङका क्रममा विभिन्न खालका समस्या भोग्नु नपरोस् भनेर यो सहायता कक्ष राखिएको हो ।