काठमाडौँ – बालगायक प्रिन्स सिलवालको श्रव्य–दृष्यसहितको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ आज काठमाडौँमा सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सार्वजनकि गर्दै जनमानसमा ट्राफिक सन्देश दिन गीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। सडकमा जे जरुरी छ, त्यो कुरा गीतमा प्रकाश झै छर्लङ्ग छ”, महाशाखा प्रमुख ढकालले भने, “अब ट्राफिक सचेतना जगाउन यस्तै गीतसङ्गीत र डिजिटल प्रविधि प्रयोगको विकल्प छैन ।”


ADVERTISEMENT

# # #


उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्मूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्न गरिएको थियो । मुलतः गीतमा ट्राफिक सचेतनाका लागि बालबालिका स्वयंसेवी भएर प्रस्तुत भएका छन् । बालबालिकाको अभिनयमा नियम उल्लङ्घन गरेर सवारी साधान चलाउने, मापसे गरेर सवारी चलाउनेलाई सुझाव दिँदै ट्राफिक नियम पालनामा प्रेरित गरेको देख्न सकिन्छ । उक्त गीतमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाल र प्रहरी निरीक्षक दामोदर भट्टको सन्देशमूलक प्रस्तुति समेत समावेश छ ।

उक्त समारोहमा गीतका निर्देशक रमेश पाठकले मुख्यगरी जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न गीतले अनुरोध गरेको जानकारी दिए। उनले ट्राफिकसँग सहकार्य गर्दा गीतले भने झैँ वास्तवमै ट्राफिक आफ्नै साथी जस्तै पाएको प्रतिक्रिया दिए। गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिएको छ ।

प्रेम घिमिरेको सङ्गीत, दिनेश न्यौपानीको संगित संयोजन र नवीनबाबु गुरुङको छायाङ्न रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङको अभिनय छ । अतिथि कलाकारमा कृष्ण रसाल, नवीना केसी, सरिता भुजेल, सौरभ फुँयाल र सुजन घिमिरे छन् । रासस