हेटौंडा–मकवानपुरका भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउनको लागि नेपाली कांग्रेसले खसीलगायतका खाद्यान्न सहयोग गरेको छ । शुक्रबार कारागारमै पुगी काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्र बानियाँले दुई वटा खसी तथा कुखुराको मासुलगायत खाद्यान्न कारागार प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


उनले कैदीबन्दीका लागि दुईसय किलो खसी तथा कुखुराको मासु, ८ बोरा चामल र दुई कार्टुन तेल उपलब्ध गराएका हुन् । साथै कांग्रेस मनहरी गाउँपालिकाका नेताहरुले कैदीबन्दीलाई दुई वटा खसी सहयोग गरेका छन् ।


ADVERTISEMENT

# # #


सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानुकी लामा, जिल्ला सदस्यहरु नवराज सुवेदी, सुनिल अधिकारी, हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिकाका सभापति नारायण उप्रेती, पूर्व सचिव प्रकाश वर्तौला, मनहरी–७ का निर्वाचित वडाध्यक्ष ठाकुर राम तितुङ, आदिवासी जनजाति महासंघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष खेम चेपाङ, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष सुदिप चेपाङ, जनजाति संघका मनहरी अध्यक्ष भीमसेन लामा, नेपाल तरुण दलका ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, शिक्षक संघ जिल्ला सचिव विदुर थापा, भीमफेदी कारागारका प्रमुख मदन लामा, नेता बानियाँका निजी सचिव मिलन पुडासैनी, मध्यवर्ती काउन्सिलका अध्यक्ष पदम तितुङ, कारागारका चौकिदार सुरेश मोक्तान, र विजय गोलेलगायतको सहभागिता रहेको थियो ।