काठमाडौ – दसैँ अवधिमा सवारी नियम उल्लङ्घन गर्ने चालक,सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरूले ट्राफिक चेकजाँच क्रममा सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।