काठमाडौँ – मंसिर दोस्रो साता हुने एफएनसीसीआईको चुनावका लागि किशोर प्रधानको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधान प्यानलले वस्तुगततर्फबाट अन्जन श्रेष्ठ, जिल्लानगर तर्फबाट दिनेश श्रेष्ठ र एशोसिएट तर्फबाट सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


मंसिर दोस्रो साता हुने साधारण सभासँग वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल सकिने र महासंघको नेतृत्व वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न पाउने विधानअनुसार शेखर गोल्छा स्वतः एफएनसीसीआईको अध्यक्ष बन्नेछन् । गोल्छा अध्यक्ष बन्ने पक्का भएपनि सहमति नजुर्दा प्रधान र अर्का उपाध्यक्ष चन्द ढकाल उपाध्यक्ष लगायत अन्य पदका लागि चुनावमा भिड्दैछन् ।


ADVERTISEMENT

# # #


ढकाल प्यानलले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेको छ । ढकाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराइसकेका छन् ।