काठमाडौँ – नेपालको अग्रणि अनलाइन् शपिङ बजार दराजले आफ्नो वार्षिक ११/११ सेल आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


दराजले नोभेम्बर ११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निस् शुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुटसहित यस्तो सेल आयोजना गर्न लागेको हो ।
यस सेल आयोजनामा ग्राहकहरूले ११/११ मा शपिंग गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न जानकारी दराजले दिएको छ ।


ADVERTISEMENT

# # #


यस आयोजनाअन्तर्गत दराजका साझेदार बैंकहरु नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकमार्फत सामान अर्डर गर्दा ग्राहकले ३ हजार सम्मको छूट अफर पाउन सक्नेछन् ।