काठमाडौँ – प्रभु बैंक लिमिटेडले नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको गरेको छ ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । बैँकको यो २११ औं शाखा हो ।


ADVERTISEMENT

# # #


प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।