काठमाडौँ – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अबको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताएका छन् । एपीवान टेलिभिजनमा अन्तरवार्त दिँदै आफू प्रधानमन्त्री पद छाड्न तयार नरहेको अडानसहित उनले अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अब नयाँ पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने बताए ।


ADVERTISEMENT


‘३२/३३ वर्ष अध्यक्ष भएको व्यक्तिलाई फेरि रहर पलाएको देख्दा अचम्म लाग्छ। नयाँ पुस्तालाई दिऊँ भनेको हो। त्यो पुस्तालाई जिम्मा लगाउन हामी किन तयार हुदैँनौ? उनले प्रश्न गरे, ‘हामी किन मलाई चाहियो, मेरो भाग पुगेन मात्रै भन्छौ। महाधिवेशनसम्म हामी ७० कट्छौ। ७० कटेकाले अब ओगटनु पर्छ भन्ने छैन।


ADVERTISEMENT

# # #


उनले प्रचण्डसहित ५ सचिवालय सदस्यहरु अनौपचारिक वैठक बसी सचिवालय वैठक डाक्न आफूलाई लिखित पत्र पठाएको सन्दर्भ उठाएर नेताहरूलाई पाटीभित्र गुटबन्दी नगर्न भनेका छन्।

गुटबन्दीले पार्टीलाई सखाप पार्ने बताउँदै उनले भने, ‘गुटबन्दीले पार्टीलाई सखाप पार्छ। ध्रुम्बाराहीमा बसेको बैठक गुटगट हो। यस्तो गर्नु गलत हो ।’

यस्तै उनले पार्टी नफुट्ने भन्दै फुट्नबाट जोगाउन आफू सक्रिय रहेको बताएका थिए। ओलीले पार्टी फुटाउँदैछ भनेर आफूमाथि गलत आरोप लगाइने गरेको प्रधानमन्त्रीको भनाइ थियो।