काठमाडौँ– दशैँ तिहारको अवसरमा स्व. मिन बहादर थापाको स्मृतिमा प्रथम प्रदेश नं. ७ स्तरीय मिनबहादुर थापा मेमोरिएल खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मिनबहादुर थापा मेमरियल फाउन्डेसनले यही असोज १६ देखि १९ गतेसम्म डडेल्धुरामा आयोजना गर्ने भएको हो ।


ADVERTISEMENT


प्रतियोगिताको प्रथम हुनेलाई नगद रु ८५ हजार पुरस्कार प्रदान गरिने छ भने दित्तीय र तृत्तीयलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव तथा फाउन्डेसनका संरक्षक विरेन्द्र थापाले बताए । साथै खेलको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा सहभागी हुन चाहने प्रत्येक टोलीले टिम दर्ताका लागि ३ हजार तिर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता डडेल्धुराको परशुराम रंग मैदान,जोगबुढामा सञ्चालन हुने छ ।