काठमाडौँ – सर्वोच्च अदालतको आदेशपछि सरकारले आफ्नो पुरानो निर्णय सच्चाउँदै कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को निर्णयले आफ्नो खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने सरकारको यसअघिको निर्णय सच्चाएको हो ।


ADVERTISEMENT


सरकारले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेपछि सरकारलाई विपक्षी बनाइ सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।


ADVERTISEMENT

# # #