काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक (नेपाल) प्रा. लि.सँग सम्झौता गरेको छ ।


ADVERTISEMENT


विकास बैँकले आइतबार एक कार्यक्रमका बीच सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल.डायगनोस्टिक (नेपाल) प्रा.लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशभरी १०३ वटा शाखाहरुबाट बैँकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।