काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ४९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८०.५८ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १० हजार २२ वटा पीसीआर परीक्षण भएको छ । हालसम्म १५ लाख ८४ हजार ३ सय १७ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ९ सय ७४ जना रहेका छन् भने ३८ हजार ४ सय ६१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितले ज्यान गुमाएका छन् ।