बर्दिया– बर्दियाको सूर्यपटुवा–३ कैलाशीमा आगलागी हुँदा एक घरसहित दुईवटा गोठ जलेर नष्ट भएका छन् ।


ADVERTISEMENT


आशाराम थारुको घरबाट सल्किएको आगोले छिमेकी चैतु थारुको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहायताले तीन घन्टापछि आगो निभाएका थिए ।


ADVERTISEMENT

# # #


आगलागीबाट करिब रु १४ लाख बराबरको क्षति पुगेको शङ्कर चौधरीले जानकारी दिए ।