काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् । त्यस्तै, उपप्रधानमन्त्री, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।


ADVERTISEMENT

# # #


अर्थमान्त्रालयको प्रस्तावमा सो निर्णय भएको पनि उनले बताए । उनका अनुसार अर्थमन्त्रालयकै प्रस्तावमा पुस्तक आयातमा कर लगाउने निर्णय सच्याइएको छ ।