काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।


ADVERTISEMENT


देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गीत भिडियोसहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।


ADVERTISEMENT

# # #


सहभागीहरुले बढिमा ३ मिनेटसम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्दे आएको छ ।