काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय ७८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८४.७५ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ५०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख १७ हजार २३ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा १ हजार ३ जना रहेका छन् भने ३० हजार ९ सय ८६ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले ज्यान गुमाएका छन् ।