काठमाडौँ – सरकारले कोभिडको जोखिम कम भएका ठाउँमा विद्यालय खोल्न मार्गदर्शन गरेको छ । कात्तिक अन्तिम साता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ बनाइ स्थानीय तहका विद्यालय खोल्ने बाटो खुलाएको हो ।


ADVERTISEMENT


मन्त्रालयले आफ्नो वेबसाइटमा कार्यढाँचा पेश गर्दै कोभिडको जोखिम कम भएका ठाउँमा विद्यालय खोल्न मार्गदर्शन गरेको छ । आलोपालो सिफ्ट वा उपयुक्त स्वास्थ्य मापदण्ड अपनाइ पठनपाठन सञ्चालन गर्न मन्त्रालयले कार्यढाँचा बनाएको हो ।


ADVERTISEMENT

# # #


सरकारले अघिल्लो वर्षको चैतदेखि कोभिड नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि विद्यालयहरु ठप्प छन् । हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो।

कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ।