काठमाडौं– महानगरीय प्रहरी वृत्त थानकोटले जबजस्ती करणी अभियोगमा एकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि २ बस्ने हुम्ला ताजाकोटका २३ वर्षीय सूर्जवीर लोहारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


लोहारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।