काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउसो १ बजेका लागि मन्त्रिपरिषद् वैठक बोलाएका छन् । सातामा प्राय सोमवार र बिहीवार मन्त्रिपरिषद् वैठक बस्ने भएपनि पक्का भइसकेको सचिवालय वैठकसँग समय जुधाउँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् वैठक डाकेका हुन् ।


ADVERTISEMENT


गत कात्तिक २८ गतेको सचिवालयको बैठकले बुधवार दिउसो १ बजेका लागि सचिवालय वैठकको समय नै निर्धारण गरेको थियो ।


ADVERTISEMENT

# # #


तर ओली पक्षले बुधबारको बैठक स्थगित गर्नुपर्ने र शीर्ष तहमा सहमति कायम भएपछि मात्रै अर्को बैठक बोलाउनुपर्ने भन्दै आएको थियो। तर प्रचण्डले बैठक स्थगित गर्न मानेका छैनन्। त्यसकारण सचिवालय बैठक स्थगित हुने सूचना सार्वजनिक भएको छैन। तर ओलीले बैठक जुधाइदिएका छन्।

यसअघि गत असारमा पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक चल्दाचल्दै मन्त्रिपरिषद् बैठक डाकेर संसदको जारी अधिवेशन अन्त्य गरिदिएका थिए।

पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए।

प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ।

तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन्।

नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले नेपालका लागि चिनिया राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।