काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीभित्र देखा परेको संकट निवारणका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक सम्पन्न भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री ताथ नेकपा अध्यक्ष केपी शर्माओलीले आफ्नो तर्फबाट अर्को राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केहि दिनअघिको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको अर्को बैठक १० दिनपछि अर्थात मंसिर १३ गते बस्नेछ । उक्त बैठकमा पार्टीको संकट निवारणका लागि यसअघिका सबै सामग्री र प्रस्ताव तथा प्रचण्डले प्रस्तुत गर्ने पस्ताव समेतमा छलफल हुनेछ । साथै प्रधानमन्त्रीको प्रस्तावमाथि पनि सोही दिन छलफल हुने प्रवक्ता श्रेष्ठ बताए ।

बैठकले यसअघि नै निर्धारित केन्द्रिय कमिटिको बैठकको कार्यतालिकामा केही परिवर्तन गरेको छ । जसअनुसार पार्टीको स्थायी कमिटीको बैठक १८ गते बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार १५ गते बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक २५ गते बस्ने भएको छ ।

सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेका थिए । सचिवालयको बैठक सकिएसँगै आजै मन्त्री परिषद्को बैठक बोलाएका छन् ।