काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससँगै हालसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८५.८४ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ४ सय ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख २३ हजार ७ सय ५४ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ९ सय १० जना रहेका छन् भने २८ हजार ८ सय ७८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार २ सय ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।