काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ५ स्थित महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणा उक्त बगैचा पुनःनिर्माण गरी गत शनिबार बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तारण गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।