काठमाडौँ – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । बुधबार प्रधानसेनापति थापाले राजदूत क्वात्रासँग सेनाको मुख्यालय जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुबीच बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाली सेनाले यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास व्यक्त गरेको छ ।