– गगन थापा 


ADVERTISEMENT


विगत लामो समयदेखि नकपाको घर झगडाले सबैको ध्यान खिचको छ । नेकपाभित्रको यो रडाकोका दई वटा पक्ष छनः पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नकपाभित्र ‘को’ जाली हो, को महाजाली हो, कसले धरे झटु बोल्यो, कसले पार्टी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा अड्कायो, यी विषयहरू नेकपाभित्रको आन्तरिक छलफलका विषय हुन् ।


ADVERTISEMENT

# # #


दुई पाइलटका बिचमा गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढंगले के–कस्ता सहमति र सौदावाजी भए र ती कसले पालना गरे, कसले गरनन्, त्यो पनि पार्टीकै आन्तरिक चासोका विषय हुन् । गटबन्दी कसले गर्यो, षडयन्त्र कसले गर्यो, फुटाउन कसले खोज्यो, कसलाई भाग मिल्यो कसलाई मिलेन, नेकपाको असली आमा को हुन् त्यो पनि नकपाको साथीहरूले नै छुट्टाउने कुरा हो ।

पार्टीभित्रको आन्तरररि जीवनमा अविश्वास र आशङ्का हुनसक्छ, कतिपय अवस्थामा वैचारिक मतभेद र अवरोध पनि हुन सक्छ । मतभेदको विषयमा संवाद हुन्छ, समाधान निस्किन्छ र पार्टी अगाडि बढ्छ । यदि यस्तै पार्टी का आन्तरिक विषय मात्रै दुई अध्यक्षको दोहोरीको विषय हुन्थ्यो भने उक्त विषयमा चासो राखे पनि हामी शुभेच्छा प्रकट गररे मात्रै बस्थ्यौँ । तर, नकपाको विवादमा उठान गरिएका कतिपय विषय पाटीको आन्तरिक विषयमा मात्रै सीमित छैनन् ।

केही दिन अघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको बठकमा लिखित प्रस्ताव प्रतुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथि केही संगीन आरोप लगाउनु भएको विषय विषय सार्वजनिक भइसकेको छ । मूलतः प्रचण्डको राजनीतिक प्रस्तावभित्रको ‘सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार’ अन्तर्गत समावेश गरिएका आरोपका बुँदाहरु नेकपाभित्रको आन्तरिक विषय मात्र नभएर आम सरोकारका विषय हुन् ।

नेकपा अध्यक्ष दाहालको आरोप छ, अझ भनौँ ठहर छ, “नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री चुनिनु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरित सरकार चलाउनु भयो । यस्तै भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसनखोरी नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडवडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यती होल्डिङ्गस्सँगो अपारदर्शी र शकास्पादं कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँगको साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।

कोरोना महामारीविरुद्ध एकताको साथ अगाडि बढ्नुपर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीवतक विवाद मात्र सिर्जना गर्नुभएन काननु सम्मतको विपद व्यस्थापनको राज्य सयन्त्रलाईं निष्क्रिय तल्याउनु भयो । राष्ट्रियतासँग सम्बन्धित विविन्न विषयमा अनेक पटक फितलो देखिनुभयो र विदेश मामिला र कूटनीतिमा नपालको स्वतन्त्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्याउनु भयो । द्वन्द्वकालीन मुद्दाहरुलाई राजनीतिक उद्देश्यको निमित्त उपयोग गर्नुभयो । समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रूपमा असफल देखिनु भयो ।’”

पष्पकमल दाहाले खड्गप्रसाद ओलीमाथि लगाएका आरोपहरुमा नौला विषय छैनन् र गलत पनि होइनन् । तर, प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नु भएको छ।

अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन्। यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन।

यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ। यति मात्र होइन नेकपाको आन्तरिक शक्ति सङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्छ।

यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्नेछैन । त्यसैले ‘फकिने’ र ‘फकाउने’ले यो नबिर्सनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन् । अब यो राष्ट्रिय सरोकारको विषय हो; यो हाम्रो विषय हो ।

आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए पनि वा मिलाइदिए’ पनि अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एक एक प्रकरणको हिसाब किताब अब ससंद र सडक दुबैबाट मागिनेछ ।