काठमाडौँ – चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको खुद नाफा २५ प्रतिशतले वृद्धि भएको छ । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा १ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। १९ वटा जीवन बिमा कम्पनीले कोभिड महामारीका बीच पनि गत वर्षको यही अवधिको तुलनामा २५ प्रतिशतले नाफा बढाएका हुन्।


ADVERTISEMENT


कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको छ । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनामा जीवन बीमा व्यवसायमा कोरोनाको असर न्यून देखिएको बीमा कम्पनीहरू बताउँछन् ।


ADVERTISEMENT

# # #


गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले रू १ अर्ब १ करोड ६० लाख खुद नाफा कमाएका थिए । तर, चालू आवमा त्योभन्दा २४ करोड ६७ लाख बढी अर्थात् रू १ अर्ब २६ करोड २७ लाख खुद नाफा कमाएका हुन् ।