काठमाडौँ – नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियाको प्रतिष्ठित टी २० क्रिकेट प्रतियोगिता बिगबास लिग (बीबीएल)को आगामी संस्करण होबर्ट हुरीक्यान्सबाट खेल्ने भएका छन् ।


ADVERTISEMENT


बिहिबार एक विज्ञप्ति जारी गर्दै होबर्ट हुरीक्यान्सले डिसेम्बर १० देखि सुरु हुने १० औँ संस्करणको बीबीएलका लागि सन्दीपलाई आवद्ध गरेको जनाएको हो ।


ADVERTISEMENT

# # #


होबर्ट हुरीक्यान्सका अनुसार सन्दिप बीबीएलका लागि टीममा जनवरीमा मात्र जोडिनेछन् । अगामी संस्करणमा होबर्टबाट खेल्नका लागि आफू उत्साहित रहेको सन्दीपले बताएका छन् ।

उनले भनेका छन्, ‘१० औँ संस्करणको बीबीएलका लागि होबर्ट हुरीक्यानको परिवारसँग जोडिन पाउँदा सम्मानित महसुस गरेको छु। अष्ट्रेलियामा मैँले सधैं माया र साथ पाएको छु । बल्न्डस्टोन क्षेत्रमा खेनका लागि म निकै उत्साहित छु ।’

हुरिक्यान्सका मुख्य प्रशिक्षक एडम ग्रिफिथले टिमका लागि सन्दीप लामिछाने ‘एक्सफ्याक्टर’ हुन सक्ने बताए । उनले भने, ‘हामीले देखिसकेका छौं सन्दीप लामिछानेले आफ्नो जादुमयी स्पिन बलिङ बाट कसरी खेललाई परिवर्तन गर्न सक्छन् । जुनसुकै स्टेजमा पनि उनी बलिङ गर्न सक्छन् । उनी विकेट लिनसक्ने एक प्रमाणित खेलाडी हुन् ।’ सन्दीपको आगमनसँगै टिमको बलिङ पक्ष थप मजबुत हुने उनले बताए ।

सन्दीपको आवद्धतासंगै हुरियान्सको टिम पूर्ण भएको छ । बीबीएलमा सन्दीपले आठौं संस्करणमा मेलबर्न स्टार्सबाट डेब्यु गरेका थिए । मेलबर्नसँगको सम्झौता नविकरण नभएपछि उनी होबर्टसँग आवद्ध भएका हुन् ।

बीबीएलमा २ सिजनमा २० खेल खेल्दै सन्दीपले २६ विकेट लिएका छन् । सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल)मा यस पटक दिल्ली क्यापिटल्समा आवद्ध थिए । यद्यपि उनले कुनै पनि खेलमा पनि मौका पाउन सकेनन् । दिल्ली फाइनलमा मुम्बई इन्डियनससँग पराजित भएको थियो ।

यस्तो छ हुरिक्यान्सको टिम:
स्कट बोल्यान्ड, टिम डेविड, ज्याक डोरन, नाथन एलिस, जेम्स फ्लाक्नर, पीटर ह्यान्डस्कोम्ब, बेन म्याक्डरमोट, रिले मेरेडिथ, डेविड मूडी, मिशेल ओवेन, टिम पाइने, विल पार्कर, डीुआर्सी शर्ट, म्यथ्यू वेड, निक विन्टर, म्याक राइट।

विदेशी खेलाडी :डेविट मालन, सन्दीप लामिछाने, कोमो पउल

विदेशी प्रतिस्थापन खेलाडी :विल ज्याक, कोलिन इन्ग्राम ।