काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले लुम्विनी र कणार्ली प्रदेशका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको भेलामा जिल्ला अध्यक्षहरुले महासंघको सुदृढिकरण र सुद्धिकरणका लागि प्रधान समुहले अगाडि सारेका मुद्धामा आफुहरुको प्रतिवद्धता जाहेर गर्दै प्रधान समुहको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा निर्वतमान अध्यक्ष पशुपति मुरारका र पुर्व अध्यक्ष कुसकुमार जोशीले महासंघलाई सवल नेतृत्व प्रदान गर्न बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको बिकल्प नरहेको बताए । मङ्सीर १३ गतेबाट स्वतह अध्यक्ष बन्ने सेखर गोल्छाले आफनो कार्यकाल सफल बनाउन किशोर प्रधान समुह रोजेकाले अध्याधिक मत दिएर संस्थापन पक्षलाई बिजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह समेत गरे ।

लुम्विनी र कणार्लीका जिल्ला अध्यक्षहरुको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष सेखर गोल्छाले भिडियो सन्देश मार्फत किशोर प्रधान र उनको समुहलाई विजयी गराउन अपिल समेत गरेका थिए । भेलाको आयोजना गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिर मन्सुरीले भेलामा २ वटा प्रदेशका २५ जिल्ला अध्यक्षहरुले सामुहिकरुपमा सेखर गोल्छा नेतृत्वको किशोर प्रधानको टिमलाई मत दिएर निर्वाचित गराउने निणर्य गरेको जानकारी दिए । भेला समापनपछि निकै प्रफुल्ल मुद्रामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधानले कर्णाली र लुम्विनी प्रदेशबाट आफनो समुहलाई ८० प्रतिशत मत प्राप्त हुने दावी गरेका छन् ।

प्रधानले सञ्चारकर्मीसंग संक्षिप्त कुरा गदैं गलत प्रचार र दावीको पछाडी नलाग्न आग्रह गदैं यसपालीको निर्वाचनमा आफनो जित सुनिश्चीत भएको बताए ।