काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३ सय ६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८८ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ४८ हजार ८ सय ९९ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा७ सय ५३ जना रहेका छन् भने २४ हजार ६ सय ६५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार २ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितले ज्यान गुमाएका छन् ।