काठमाडौँ – उपरथी दर्जामा बढुवा भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मंसिर ३ को मन्त्रिपरिषद्को बैठकले ढकाल र खड्कालाई उपरथीमा बढुवा गरेको थियो ।


ADVERTISEMENT

# # #


उपरथी दर्जामा बढ्वा भएका उपरथी सन्तोष कुमार ढकाललाई पूर्वी पृतना हेडक्वार्टरको पृतनापति तथा उपरथी सहदेव खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका ४ जना महा–सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।