बिर्तामोड – बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ ।


ADVERTISEMENT


संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई मनन् गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीका अनुसार गत कात्तिक २८ गते जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी भीडभाड हुने कार्यक्रम स्थगित गर्न अनुरोध गरेपछि विहीवार बसेको संघको बैठकले त्यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


संघको गत असोज ६ गतेको बैठकले मंसीर ७ गते साधारणसभा र पुस ७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको संघका महासचिव भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।