काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ६ सय ९९जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ९०.३३ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ६ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ६० हजार ७५ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ६ सय ८६ जना रहेका छन् भने १९ हजार ९ सय ६३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार ३ सय २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ जना संक्रमितले ज्यान गुमाएका छन् ।