काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्व एमाले र माओवादी दुई पक्षबीच भएको झडपमा मृत्यु भएका नेकपा नेता मुकेश चौरासिया हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय पर्साले अखिलेप्रसाद चौरसिया भन्ने अशेसर चौरसियालाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


गत कात्तिक ६ गते विन्दवासिनी ५ स्थित सेलर मिलको भवनमा नेकपा गाउँ कमिटिद्वारा आयोजित सपथग्रहण कार्यक्रमस्थलमा झडपका क्रममा चौरसिया घाइते भएका थिए। उनको उपचारका क्रममा ७ कात्तिकमा निधन भएको थियो।