काठमाडौँ – फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्बजनिक गरेको छ ।


ADVERTISEMENT


फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रू एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक÷एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ । बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ । यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ ।

फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने छन् ।