काठमाडौँ – प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘ई-केवाईसी’ सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


प्रभु बैंकमा खाता खोली कारोबार गरेका ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा लग इन गरी अनलाइन मार्फत ‘केवाईसी’ अद्यावधिक गर्ने व्यवस्था मिलाईएको बैँकले जनाएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।


ADVERTISEMENT

# # #


प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ । यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने बैँकले विश्वास लिएको जनाएको छ ।