महोत्तरी – धनुषास्थित मिथिलामा एक बालिकाको बलत्कारपछि हत्या गरिएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।


ADVERTISEMENT


हत्या भएको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


घाइते हुनेमा स्थानीय संजय न्यौपाने, श्याम कार्की र अर्का एकजना रहेका छन्। घाइते भएपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बर्दिवास–१४ की ६ वर्षीय बालिकाको सोमबार राति बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता भएकी थिइन् ।

तस्बिर : राहुल कर्णको फेसबुकबाट