काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘दशककै उत्कृष्ट एशोसिएट्स खेलाडी’ अवार्डको मनोनयनमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का परेका छन् ।


ADVERTISEMENT


आइसीसीले सार्वजनिक गरेको ६ जनाको मनानयन सूचिमा ३३ वर्षीय अलराउन्डर पारस अटाएका हुन् । उक्त सूचिमा स्कटल्याण्डका ३ जना, नेदरल्याण्ड, नेपाल र पपुवान्यूगिनीका १–१ जना खेलाडी परेका छन् ।


ADVERTISEMENT

# # #


जसअनुसार पारससँगै स्कटल्याण्डका कप्तान कायल कोएट्जर, कलुम म्याक्लियोड, रिची बेरिङ्गटन, नेदरल्याण्डका पूर्वकप्तान पिटर बोरेन र पपुवान्यूगिनीका असद भाला सूचिमा छन् । विजेताको छनोट आगामी डिसेम्बर १८ मा हुने आइसीसीले जनाएको छ ।

नेपालको डिभिजन ५ देखि एकदिवसीय राष्ट्रसम्मको यात्रामा नेतृत्व गरेका पारसले नेपालका लागि १० वटा एकदिवसीय खेलमा एक शतक र एक अर्धशतकसहित ३१५ रन तथा ९ विकेट लिएका छन् । यस्तै ३३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका पारसले एक शतक र चार अर्धशतकसहित ७९९ रन जाडेका छन् भने ८ विकेट लिएका छन् ।

यस्तै पारसले ४४ वटा लिस्ट ए मान्यताप्राप्त खेलमा ३ शतक र ९ अर्धशतकसहित १ हजजार ४ सय ९७ रन बनाएका छन् भने २६ विकेट लिएका छन् । नेपालका लागि एकदिवसीय खेलमा पहिलो शतक बनाउने पारस टी–२० अन्तर्राष्ट्रियमा लक्ष्य पच्छ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी हुन् ।

पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आइसीसी टी–२० विश्वकप समेत खेलेको थियो ।

पारस खड्कालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्