काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय ९१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ४ हजार ८ सय ५८ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार यो कुल संक्रमितको करिब ९१.४२ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ८१ हजार २ सय ९९ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ६ सय २७ जना रहेका छन् भने १७ हजार ८ सय ५९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितले ज्यान गुमाएका छन् ।