काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विभिन्न शिक्षण संस्थाहरुलाई गैरकानुनी रुपमा दिइएको सम्बन्धनको निर्णय सच्याउन ट्रेड युनियनहरुले माग गरेका छन् ।


ADVERTISEMENT


मंगलबार हिमालय पोष्टमा शिक्षामन्त्रीको दबाबमा सीटीईभीटीद्वारा गैरकानुनी रुपमा ८ वटा शिक्षणसंस्थालाई सम्बन्धन प्रदान गरिएको समाचार प्रकाशित भएको थियो ।


ADVERTISEMENT

# # #


बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सीटीईभीटी कर्मचारी संघ र सीटीईभीटी राष्ट्रिय कर्मचारी संगठनले निर्णय सच्याउन सीटीईभीटीलाई ७ दिनको अल्टिमेटम दिएका छन् । उक्त अवधिसम्म माग पूरा नभए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने ट्रेड युनियनले चेतावनी दिएका छन् । गत कार्तिक २६ गतेको सीटीईभीटीको बैठकले उक्त निर्णय गरेको थियो ।

ट्रेड युनियनहरुले सीटीईभीटीको उक्त निर्णय ऐन, नियम र पूर्वाधार निर्देशिका विपरित भएकाले सम्पूर्ण मापदण्डहरु पूरा गरिसकेपछि मात्र सम्बन्धन सम्बन्धी थप प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

यस्तै सीटीईभीटी अन्तर्गत रहेका आंगिक, साझेदारी, टेक्स, प्रतिष्ठान स्तरमा सञ्चालित शिक्षालयहरुमा तत्काल शुल्क निर्धारण गरी एक रुपता ल्याउन, सम्बन्धन लिई कार्यक्रम सञ्चालन गरेका संस्थाहरुको सञ्चालनसम्बन्धि मापदण्ड र कार्यविधि स्वीकृत गरी लागू गर्न तथा लागू नहुञ्जेल ती संस्थाहरुमा सम्बन्धन सम्बन्धि कुनै पनि थप कार्यक्रम अघि नबढाउन माग गरेका छन् ।