काठमाडौँ – यति एयरलाइन्सले विशेष छूटसहित माउन्टेन फ्लाइट शुरु गरेको छ । शनिवारदेखि ‘गाउँदै नेपाली गाथा, हेरौँ आफ्नै सगरमाथा’ नाराका साथ स्वास्थ्य सतर्कता अपनाएर फ्लाइट शुरु गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीले नेपाली र विदेशी यात्रुलाई छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरी उडान सञ्चालनमा ल्याएको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले नेपाली यात्रुलाई नौ हजार र नेपालमै बसोबास वा काम गर्दै आएका विदेशीलाई १३ हजार पाँच सय रुपैयाँमा दुईवटा टिकट दिने बताए ।


ADVERTISEMENT

# # #


यस उडानमार्फत यात्रुले सगरमाथा, गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम लगायतका हिमालहरु अवलोकन गर्न सक्ने प्रवक्ता बर्तौलाले बताए ।