काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जसले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्धत गर्नेछ ।


ADVERTISEMENT


सो शवदाह गृह बुधबार संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री योगेश कुमार भट्टराईको उपस्थितिमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिक्रित जि.के. नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शव दाहगृह बनाएको हो । बैँकले यसअघि पनि विभिन्न कार्यहरु गर्दैै आएको छ ।

बैँकले ११ लाखभन्दा बढी ग्राहकलाई ९८ शाखा, प्रादेशिक कार्यालय, १२ ८एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएसमार्फत बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।